
सुनाखरी न्युज/ काठमाडौं ।
बिहीबार सेयर बजार ११. ९३ अंक बढेको छ । यो वृद्धिपछि बजार परिसूचक नेप्से २६२४ अंकमा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४९ करोडको भयो ।
माइक्रोफाइनान्स ०.५५, निर्जीवन बीमा ०.०५ बैंकिङ ०.५८, विकास बैंक ०.३८, फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.५, जलविद्युत् ०.६३, उत्पादन तथा प्रशोधन ०.२७ तथा व्यापार ०.२२ प्रतिशत बढे । लगानी ०.१८ र अन्य समूह ०.०४ प्रतिशत घटे । आज जीवन बीमा समूहमा आकर्षण देखिएको छ । यो समूह सबैभन्दा धेरै १ .०८ प्रतिशत बढ्यो ।
नेप्सेमा कुल ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सिद्धार्थ बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १२ प्रतिशतभन्दा धेरैले बढेको छ ।