
सुनाखरी न्युज/ काठमाडौं ।
आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ तथा चाँदीको मूल्य ६० रुपैयाँ बढेको हो ।
महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेकोमा आज ४ हजार ६६० रुपैयाँ कायम भएको छ ।