२०८३ भदौ २६ , शुक्रवार

बढी मूल्यमा ग्यास बिक्री गर्ने दुई व्यवसायीलालाई वाणिज्य विभागले तिरायो तीन लाख जरिवाना

aditya gas

 

सुनाखरी न्युज/ काठमाडौं ।

विपद्‌मा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो । लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्त्याएको महासंघले जनाएको छ ।बाढीका कारण कृष्णभिरको बाटो कटान भई राजधानी जोडिने राजमार्ग अवरुद्ध हुँदा उपत्यकाको आपूर्ति प्रणालीमा ठूलो समस्या पैदा भएको विज्ञप्तिमा उल्लेख छ । बजारमा ग्यासको कालोबजारी र अनियमितता बढेको सूचनाका आधारमा खटिएको विभागको टोलीले एक ग्यास विक्रेता र अर्को ग्यास पम्प  ( अटो ग्यास रिफिलिङ ) लाई जनही ३ लाख रुपैयाँका दरले जरिवाना गराएको हो ।

विभागका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित अनिल किराना पसलले तोकिएको मूल्यभन्दा निकै बढी प्रतिसिलिन्डर २ हजार ६०० रुपैयाँसम्म असुल गरेर सुगम लगायतका ग्यास बिक्री गरिरहेको फेला परेको थियो । उपभोक्ताको उजुरीका आधारमा पुगेको विभागको टोलीले पसललाई नियन्त्रणमा लिई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । सरकारले तोकेको आधिकारिक दरभन्दा बढी मूल्य लिने र ढुवानी भाडाको बहाना बनाएर सर्वसाधारण ठग्ने नियत देखिएपछि स्थलगत रुपमै यो कारबाही गरिएको हो ।

यसैगरी, ललितपुरको बालकुमारीस्थित ग्यास पम्पले ग्यास टेम्पो र माइक्रोलाई ग्यास नदिई मिलेमतोमा आफ्ना मान्छे र पहुँचवालालाई मात्र वितरण गरेको अभियोगमा ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । पम्पले नियमविपरीत अपारदर्शी ढङ्गले ग्यास बिक्री गरेको र बिक्रीको आधिकारिक बिलसमेत नराखेको पाइएपछि विभागले कारबाही गरेको हो । पसललाई हिजो र पम्पलाई केही दिन अघि जरिवना गरेको होसरकारले तोकेको दुई हजार ६० रुपैयाँ र उद्योगीले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च जोडेर निर्धारण गरेको दुई हजार १०६५ रुपैयाँ ३८ पैसाभन्दा बढी मूल्य लिएको पाएपछि कारबाही गरेको विभागले जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ मा तोकिएभन्दा बढी मूल्य लिए तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था भएकाले अधिकतम सीमामा पुगेर कारबाही गरेको विभागले जनाएको छ ।‘प्राप्त भएको ग्यास वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री वितरण गर्न ग्यास विक्रेता महासंघ नेपाल अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । यस विषम परिस्थितिमा आम उपभोक्तालाई अत्यावश्यक वस्तु उपलब्ध गराउनु सरकार, ग्यास उद्योगी र विक्रेताको मुख्य दायित्व रहेको औँल्याउँदै महासंघले आपूर्ति प्रणाली पुनस् सुरु राख्न हरप्रकारको प्रयास गर्नु सबैको साझा दायित्व भएको बताएको छ