
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो ।
ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको छ। ३८ वर्षीय लुइँटेल मोरङको ग्रामथान गाउँपालिका–२ का स्थानीय रहेको प्रहरीले जनाएको छ। दुई ठुला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको प्रहरीले जनाएको छ ।
सुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरिएको छ । उनले प्रतिसिलिन्डर २ हजार ७५० रुपैयाँमा ग्यास बेच्ने गरेको आरोप छ । प्रहरीका अनुसार बरामद भएका सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन्। लुइँटेलले नयाँ सिलिन्डरसमेत प्रतिगोटा ५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको खुलेको छ।