
सुनाखरी न्युज/ काठमाडौं ।
गुप्तांग सफा र स्वच्छतामा ध्यान दिन निकै आवश्यक छ । किनकी गुप्तांग वरपर फोहोर भएमा संक्रमण हुने जोखिम बढ्छ । जसले पिसाबथैलीमा समेत समस्या पार्न सक्छ । असामान्य खालको योनी स्राव हुने सम्भावना रहन्छ योनीभित्र राम्रो जीवाणु हुन्छन्, जसले संक्रमण हुनबाट जोगाउँछन् । तर भि- वासमा भएका केमिकल र सुगन्धले यी राम्रो जीवाणु नष्ट गर्न सक्छन्। त्यसपछि चिलाउने, पोल्ने, सुख्खा हुने, रातो हुने वा दुर्गन्ध आउने समस्या देखिन सक्छ। कहिलेकाहीँ संक्रमण झन् बढ्न पनि सक्छ ।राम्रोसँग सफा हुन नपाउँदा गुप्तांगबाट गन्ध आउने र चिलाउने समेत हुन थाल्छ । प्राय महिला गुप्तांग सफा गर्न ‘भजाईनल वास’को प्रयोग गर्छन्।
कयौँ विज्ञापनमा पनि गुप्तांग सफा गर्न भजाईनल वासको प्रयोग आवश्यक रहेको देखाउँछ । जसलाई विश्वास गरेर मनलाग्दी यस्तो उत्पादन प्रयोग गर्नु कहिलेकाहीँ हानिकारक साबित हुनसक्छ । महिलाहरूले योनिको क्षेत्र वरपर सफा गर्ने तरिका बुझ्दैनन् । गुप्ताङ्गको क्षेत्र सोचेभन्दा बढी संवेदनशील छ । वास्तवमा ठूलो समस्या नआएसम्म अधिकांश महिलाहरूले यी कुरा बुझ्दैनन् ।
त्यसैले यस्तो अवस्था आउन नदिन पेन्टी सफा गर्न सधैं कडा केमिकल नभएको हल्का डिटरजेन्ट प्रयोग गर्नुपर्छ । वास्तवमा, यदि साबुन वा जेलले सफा गर्ने हो भने योनिको माथिल्लो भाग सफा गर्न सकिन्छ । अर्थात् प्रायः फोहोर जम्मा हुने रौं धेरै उम्रिएको योनिको माथिल्लो भागमा सफा गर्न सकिन्छ। कुनै पनि यस्ता प्रोडक्ट प्रयोग गर्नुअघि चिकित्सकको परामर्श लिनु उचित हुन्छ ।
महिलाको स्वास्थ्यका लागि
सफा सुतीको अन्डरवेयर लगाउने
दैनिक सरसफाइ गर्ने
शरीरलाई सुख्खा राख्ने
पर्याप्त पानी पिउने
स्वस्थ खाना खाने
जस्ता बानीहरू उपयोगी मानिन्छन् । यदि धेरै चिलाउने, पोल्ने, दुर्गन्ध आउने वा असामान्य सेतो पानी आउने समस्या भएमा डाक्टरसँग सल्लाह लिनुपर्छ ।