
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रीपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी उक्त बैठक बोलाइएको हो।
बैठकमा पछिल्ला विकसित राजनीतिक तथा समसामयिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। साथै, विभिन्न नियुक्तिसहितका विषयमा समेत निर्णय हुन सक्ने जनाइएको छ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुरस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाइएको सचिवालयको भनाइ छ ।