२०८३ भदौ २४ , बुधवार

तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफलगर्दै प्रधानमन्त्री वालेन्द्र शाह

balendra-shaha_LndfcFnsia

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गर्नुभएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले सम्माननीय प्रधानमन्त्रीज्यूले यो छलफल सुरु गर्नुभएको हो।

​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्माननीय प्रधानमन्त्रीज्यूले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहनुभएको छ।
​प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ।