
सुनाखरी न्युज/ काठमाडौं ।
आज भदौ २४ अर्थात जेन-जी आन्दोलनको एक वर्ष पुरा भएको दिन हो ।
गत वर्ष भदौ २३ र २४ मा जेन-जी आन्दोलनले देशको राजनीतिक र सामाजिक परिदृश्यसँगै सार्वजनिक तथा निजी संरचनामा ठूलो क्षति पुर्यायो । आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाए ।
एक वर्षपछि त्यही सडक र संरचनाका दृश्य फेरिएका छन् ।
भत्किएका र जलेका संरचना पुनर्निर्माण हुँदैछन्, तर आन्दोलनले उठाएका सुशासन, जवाफदेहिता र संस्थागत सुधारका प्रश्न अझै बहसकै केन्द्रमा छन् ।