
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित नयाँ एक डलरको सिक्का सार्वजनिक गर्यो। बिक्री र प्रवाह पनि सुरु गर्यो।
अमेरिका स्थापनाको २५०औं वार्षिकोत्सव अर्थात् ‘सेमिक्विनसेन्टेनियल’ मनाउने सन्दर्भ पारेर यो नयाँ सिक्का जारी गरिएको हो।
आधुनिक अमेरिकी इतिहासमा जीवित व्यक्तिको तस्बिर धातुको मुद्रामा राखिएको यो विरलै घट्ने घटना हो। यसअघि सन् १८६६ यता अमेरिकी सिक्कामा जीवित व्यक्तिलाई स्थान दिइएको थिएन।
अमेरिकी इतिहासमा राष्ट्रपतिकै रूपमा हेर्दा सन् १९२६ मा १५०औं वार्षिकोत्सवका अवसरमा तत्कालीन राष्ट्रपति क्याल्भिन कुलिजको तस्बिर अङ्कित आधा डलरको सिक्का निकालिएको थियो। त्यसपछि बहालवाला राष्ट्रपति मुद्रामा अङ्कित भएको यो दोस्रो प्रसङ्ग बनेको छ।