
सुनाखरी न्युज/ काठमाडौं ।
अन्तरिक्षमा स्वामित्वको पुरानो बहस पुनः सतहमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चन्द्रमा हाम्रो हो भन्ने दाबी गरेपछि अन्तरिक्षमा स्वामित्वको पुरानो बहस पुनः सतहमा आएको हो ।
ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा चन्द्रमाको तस्बिर सार्वजनिक गर्दै त्यसमा ‘चन्द्रमा हाम्रो हो’ भन्ने सन्देश राखेका थिए । तस्बिरमा अमेरिकी झण्डासमेत देखाइएको थियो ।
ट्रम्पको यो अभिव्यक्तिसँगै अर्को रोचक प्रश्न पनि उठेको छस् यदि कुनै देशले चन्द्रमामाथि आफ्नो दाबी गर्न सक्दैन भने मानिसहरूले चन्द्रमाको जमिन किनेको दाबी कसरी गरिरहेका छन् रु विभिन्न कम्पनीले चन्द्रमाको जमिनका नाममा प्रमाणपत्र तथा कथित ‘स्वामित्व’का कागजात बेच्दै आएका छन् ।