२०८३ भदौ २१ , आइतवार

ठमेलमा युवतीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

thamel-sexual-harassment-cctv-footage-goes-viral_aL6FOrCogA

सुनाखरी न्युज/ काठमाडौं ।

ठमेलमा एक युवतीलाई दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । । सडकमा हिँडिरहेकी युवतीलाई दुर्व्यवहार गर्ने शालीन शाहलाई प्रहरीले पक्राउ गरेको हो । शाहलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कलंकीबाट पक्राउ गरेको हो ।

ठमेलमा एक युवतीलाई ‘ब्याड टच’ गरेको भिडियो दृश्य भाइरल भएपछि पक्राउ परेका शालीन साह रूप परिवर्तन गरेर भाग्न लाग्दा शनिवार पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा परिचालन गरिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

भाइरल भिडियोमा देखिएको दृश्य भदौ १८ को थियो । त्यसमा देखिने आफ्नो लामो कपाल र दाह्री- जुँगा काटेर उनी कलंकीबाट भाग्न खोज्दा शनिवार फेला परेका हुन् । ३० वर्ष उमेरका उनी तराईमूलका हुन् । पीडित युवती पनि नेपाली नै भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एसएसपी सन्तोष खड्काले बताए ।

केही दिनअघि एक युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोमा शाहले बाटो हिँडिरहेकी युवतीमाथि दुर्व्यवहार गरेको देखिएको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।