
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको स्थलगत जानकारी लिन थापा शुक्रबार रसुवा पुगेका हुन्। उनी नौकुण्ड गाउँपालिका–३, घिचेत पुगेको उनको सचिवालयले जनाएको छ।
यसअघि थापा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए। उनले बिहीबार पार्टीका तर्फबाट गरिएको स्थलगत निरीक्षणका क्रममा देखिएका अवस्थाका आधारमा विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गरिने बताएका थिए।