
सुनाखरी न्युज / काठमाडौं ।
भोटेकोशी बाढीका कारण चीनको केरुङमा अड्किएका नेपाली आज ( बिहीबार ) स्वदेश फर्किँदै छन्। चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा १२५ जना चालक तातोपानी नाका हुँदै नेपाल आउन लागेका हुन् ।
भदौ १० गते भोटेकोशी खोलामा आएको विनाशकारी बाढीका कारण केरुङमा अड्किएका नेपाली आज स्वदेश फर्किन लागेका हुन्।
उनीहरूलाई चिनियाँ पक्षले नेपाल फर्काउन लागेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।