
सुनाखरी न्युज/ काठमाडौं ।
प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको ढिलाइले सुरुङभित्र भएको मृत्युलाई सरकारले गरेको हत्याको रूपमा व्याख्या गरेका छन् । संसदमा बोल्दै आङ्देम्बेले सरकारको असंवेदनशीलता र ढिलाइबारे बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकार चुकेको आरोप लगाएका छन् ।
आज ( बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘यो कस्तो संवेदनशीलता र जिम्मेवारी हो ? यो असंवेदनशीलता ढिलाइका कारण सुरुङभित्र भएको मृत्यु, यो मृत्यु हो कि हत्या हो सभामुख महोदय ? बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकार चुक्यो । यसको जिम्मा सरकारले लिनुपर्छ ।’
नेता आङ्देम्बेले सरकारले संसदलाई यसको जवाफ दिनुपर्ने पनि उल्लेख गरेका छन् । उनले थप भनेका छन्, ‘को नागरिक कहाँ कस्तो छ रुउनले थप भनेका छन्, ‘को नागरिक कहाँ कस्तो छ ? नजिकको सरकार स्थानीय सरकारलाई नसोध्ने, सम्बन्धित आयोजना र निजीक्षेत्रलाई जान नदिने, इन्जिनियर, प्राविधिक तथा विषयविज्ञहरूको कुरा नसुन्ने, आफू एक्सन नगर्ने, अरुलाई गर्न नदिने अनि सात दिन बितिसकेपछि हात उठाएर सरकारले भन्ने– अब सुरुङमा आफैँ खोज ।’