
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरेका छन् । ‘जलवायु परिवर्तनका कारण हामीमाझ यस्तो विपद् आइलाग्यो,’ प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सम्बोधन गर्दैभने,’हिमालय क्षेत्रमा जोखिम बढेको यसले देखाउँछ । त्यसैले यो विपद्मा हामीले अन्तर्राष्ट्रिय समूदायलाई भन्नुपर्छ । यो विश्वको साझा जिम्मेवारी हो ।’
उनले बाढी आएदेखि बाढी प्रभावित क्षेत्रमा सरकारले गरेको उद्धार, खोजीकार्य, राहत र पुनर्स्थापनाका बारेमा जानकारी गराइरहेको छन् राष्ट्रिय विपद् प्राधिकरणका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी हुने बैठकमा उद्धार, राहत र सुरक्षा व्यवस्थाबारे आवश्यक कदम चालिनेछ।
भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीपछि खोज, उद्धार तथा राहत अभियान सञ्चालन भइरहे पनि क्षतिको यकिन विवरण संकलन तथा बेपत्ताको खोजी जारी छ।