
सुनाखरी न्युज/ काठमाडौं ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान पाँचौं खेपको सहयोग विमानमार्फत नेपाल पठाएको जानकारी गराएका छन्।उनले उद्धार तथा खोजीका लागि विशेष उपकरणसहित ११ जनाको उद्धार टोली र ५ . ५ टल अत्यावश्यक औषधि लिएर विमान नेपालतर्फ प्रस्थान गरेको बताएका छन् ।
नेपालमा हाल उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ। भारतसहित विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले प्रभावित क्षेत्रका लागि सहयोग उपलब्ध गराइरहेका छन्।