
सुनाखरी न्युज/ काठमाडौं ।
साताको पहिलो कारोबार दिन सेयर बजार भारी अंकले घटेको छ आज १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २५५ कम्पनीको मूल्य घटेको छ । नेप्से परिसूचक ४३. ८९ अंकले घटेर २,५१३ को विन्दुमा कायम भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।
यस कम्पनीका लगानीकर्ताले १३।१६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मैलुङ खोलाका लगानीकर्ताले गुमाएका छन् ।