२०८३ भदौ १५ , सोमवार

रसुवाको भोटेकोशी बाढीमा परी निधन भएकाहरूको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कारको व्यवस्था

OIP

सुनाखरी न्युज/ काठमाडौं ।

रसुवाको भोटेकोशी बाढीमा परी निधन भएकाहरूको पशुपति क्षेत्रस्थित आर्यघाट तथा भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ।

पशुपति क्षेत्र विकास कोषले रसुवाको भोटेकोशी बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए ।

बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ । वैद्यको मोबाइल नम्बर ९८४१२२९९९४ मा सम्पर्क गर्न सकिने पनि उनले बताए । यस विषयमा थप जानकारीका लागि कोषको कार्यालयमा सम्पर्क गर्न सकिने पनि कोषले जनाएको छ ।