
सुनाखरी न्युज/ काठमाडौं ।
वीरगञ्जस्थित नारायणी अस्पतालबाट आइतबार बेलुका एक दिने नवजात शिशुलाई चोरी गरिएको घटना सार्वजनिक भएको छ। अस्पतालको गाइनो वार्डको बेड नम्बर ११ मा भर्ना रहेका शिशुलाई सरसफाइ कर्मचारीको रूपमा आएकी एक महिलाले खेलाउने बहानामा लिएर गएकी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताएका छन्।
नवजात शिशु चोरी गरेर भागेकी ती महिलालाई खोज्ने कर्य भैरहेको उनले बताए। सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रिन्कु देवीको शल्यक्रिया गरेर शनिबार राति ११ बजे शिशुको जन्म भएको थियो।