२०८३ भदौ १४ , आइतवार

राहत सामग्री लिएर काठमाडौँ आइपुगे २ चिनियाँ सैन्य विमान

china-sahayog1

सुनाखरी न्युज/ काठमाडौं ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि चीनले पठाएको ५० टन आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौं आइपुगेका छन्। चीनबाट आएको सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङको हातबाट नवप्रवर्तन मन्त्री महावीर पुनले बुझेका छन् ।

चीनले बाढीपीडितका लागि त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, कम्प्रेस्ड ड्राइफुड, प्राथमिक उपचार किटलगायत १३ हजार २ सय थान राहत सामग्री छन् । तौल ५० टनजति रहेको बताइएको छ । उद्धारका लागि भने शनिवारै चिनियाँ विज्ञ टोली नुवाकोट क्षेत्रमा खटिसकेको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्री बोकेका ती विमान आइतबार बिहान करिब ७ बजे काठमाडौं अवतरण गरेका हुन्। चीनको चेङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन् ।