२०८३ भदौ ११ , बिहिवार

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, विपदमा दलहरु एकै ठाउँमा

Sarbadaliya

सुनाखरी न्युज/ काठमाडौँ ।

सर्वदलीय बैठक सिंहदरबारमा  सुरु भएको छ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।

सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही लगायत उपस्थित छन् ।

बैठकमा बुधबार तिब्बततर्फबाट आएको बाढीले पुर्‍याएको क्षति, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुँदैछ ।