२०८३ भदौ १० , बुधवार

एलिना चौहानको ‘तीजको लहर’ गीत सार्वजनिक

teej-song-1787499638

सुनाखरी न्युज/ काठमाडौं ।

गीतकार रोशनराज भट्टराई र गायिका एलिना चौहानको नयाँ तिज गीत ‘तिजको लहर’ सार्वजनिक भएको छ।

गीतको भिडियो एनओएम क्रियसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भट्टराईको शब्द रहेको गीतमा दीपकराज विश्वकर्माको सङ्गीत रहेको छ ।

जुना विश्वकर्मा र दीपेन्द्रसिंह कार्कीको अभिनय रहेको छ । एलिना चौहानले आवाज भरेकी छिन् । म्युजिक भिडियोमा प्रशान्त मगरको कोरियोग्राफी र निर्देशन रहेको छ।