
सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) परिसूचकमा सामान्य गिरावट देखिएको छ। आजको कारोबारमा अवधिभर दोहोरो अंकले तल रहे पनि अन्तिम समयमा बजार बढ्दा एकल अंकको गिरावट सीमित भएको हो ।आज नेप्से परिसूचक ५ . ३० अंकले घटेर २५९४. २७ विन्दुमा पुगेर बन्द भएको छ।
दिनभर कुल ३५७ वटा कम्पनीको १ करोड ४४ हजार खरिदबिक्री भए। यसबाट कुल ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १२ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।आज सर्वोत्तम पेन्टस र क्रेष्ट माइक्रो लाइफको सेयर मूल्यमा करिब १५ प्रतिशतको उछाल आएको छ।
यस्तै नाडेप लघुवित्त, एभरेष्ट कलर र कालिञ्चोक हाइड्रोपावर पनि सर्वाधिक कमाउनेको सूचीमा रहेका छन्। धवलागिरी लघुवित्तको मूल्य दोहोरो अंकको गिरावट सहित सर्वाधिक गुमाउने कम्पनी बनेको छ ।