२०८३ भदौ ९ , मंगलबार

मुद्दा हारेपछि सर्वोच्चको भवनबाट हामफाल्न खोजेका व्यक्ति उद्धार

OIP

सुनाखरी न्युज/ काठमाडौं ।

सर्वोच्च अदालतको भवनबाट मंगलबार मुद्दा हारेपछि एक व्यक्तिले हामफाल्ने प्रयास गरेका छन् ।ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गर्न सफल भएको छ । ती व्यक्तिको परिचय लालबहादुर राई भनेर खुलेको छ।

उनले सोमबार ठगीसम्बन्धी मुद्दा हारेका थिए ।‘सर्वोच्चले आफूलाई हराएको’ भन्दै उनले सुसाइड नोटसमेत लेखेको बताइएको छ। त्यसपछि राई सर्वोच्च अदालतको पाँचौँ तल्लामा पुगेका थिए।

उनले भवनबाट हामफाल्ने प्रयास गरेपछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर सकुशल उद्धार गरेका हुन्। उद्धारपछि उनलाई सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।