
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाह केहीबेरअघि मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका हुन् ।
शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन् ।