२०८३ भदौ ५ , शुक्रवार

डीडीसीको घ्यू अब दुबईमा, ६ सय किलो घ्यू पठाइँदै

ddc-in-dubai

सुनाखरी न्युज/ काठमाडौं ।

दुग्ध विकास संस्थान  ( डीडीसी )  को घिउ दुबई पुग्ने भएको छ । त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि दुबईमा निर्यात थालिएको हो । पहिलोपटक शुक्रबार ६ सय किलो घिउ जहाजबाट दुबई पठाइँदै छ । दुबईमा घ्यू निर्यात गर्न डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ ।

हालै प्रधानमन्त्री बालेन्द्र शाह  ( बालेन )  ले सामाजिक सञ्जालमार्फत डीडीसीका उत्पादनहरूको प्रचार गरेपछि संस्थानका उत्पादनप्रति आमचासो बढेको थियो। यही समयमा डीडीसीले विदेशी बजारमा प्रवेश गर्दै आफ्नो उत्पादनलाई अन्तर्राष्ट्रिय उपभोक्तासम्म पुर्‍याउने अभियान सुरु गरेको हो।

खाद्य तथा गुण नियन्त्रण विभागले खान योग्य छ भनेर दिइने हेल्थ सर्टिफिकेटुका आधारमा दुबईमा फेरि परीक्षण हुने घिमिरेले बताए । डीडीसीको ल्याब रिपोर्टअनुसार हामीले विभागबाट हेल्थ सर्टिफिकेट लिइसकेका छौं, त्यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन्छ, उनले भने, दुबईमा फेरि त्यसकै आधारमा जाँच हुन्छ ।

कुनै जाररबोटलमा प्याकेजिङ गरिएको यस्तो घिउको म्याद एक वर्षको हुने उनको भनाइ छ । डीडीसीको लक्ष्य दुबईमा बजार स्थापित गरेपछि अन्य मध्यपूर्वी मुलुकहरूमा समेत विस्तार गर्ने रहेको छ। साथै, भविष्यमा घिउ मात्र नभई पनिर, बटर, दूध पाउडर लगायत अन्य दुग्धजन्य उत्पादनलाई पनि विदेशी बजारमा पुर्‍याउने तयारी भइरहेको छ। हाल नेपालमा डीडीसीको घिउ बट्टामा प्रतिलिटर १,३०० रुपैयाँ र पाउचमा प्रतिलिटर १,२५० रुपैयाँमा बिक्री हुँदै आएको छ।