
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
केन्द्रीय कार्यालय वनस्थली घण्टी घरमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको छ ।
महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।