२०८३ भदौ २ , मंगलबार

प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदै

pm-balen-cover1

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदै छ ।यसअघि प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट गर्न अस्वीकार गर्दै आएका थिए । सोमबारदेखि उनले विभिन्न देशका राजदूतसँग छुट्टाछुट्टै भेटघाट गर्दै छन् ।भेटवार्ता आज दिउँसो साढे २ बजे सिंहदरबारमा हुने छ ।

भारतीय स्थल सेना प्रमुख सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए । सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान भारतीय राजदूत श्रीवास्तवसँग भेटघाट गरेपछि प्रधानमन्त्री बालेनले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने र त्यसपछि अमेरिकालगायतका राजदूतहरूसँग भेट्ने योजना छ ।

साथै प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता समेत गरेका थिए । प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुन् ।