
सुनाखरी न्युज/ काठमाडौं ।
यस प्रभु वैकले विगत दुई दशकदेखी आफ्ना ग्राहक महानुभावहरुको सेवा सुविधाहरुलाई मध्यनजर गर्दै देशभरीका ३०० शाखा तथा ६६ एक्सटेन्सन काउन्टर मार्फत विभिन्न सेवा सुविधाहरु दिदै आईरहेको व्यहोरा सम्पुर्णमा अवगत नै छ । विगतझै यस वर्षपनि सरोकारवाला सम्पुर्ण महानुभावहरुलाई लक्षित गर्दै ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्य सहित प्रभु बैंक लिमिटेडले आकर्षक घर कर्जा (Home Loan ) तथा सवारी साधन कर्जा ( Auto Loan ) योजना सार्वजनिक गरेको जानकारी गराउँदछौ ।
यस योजना अन्तर्गत घर कर्जा (Home Loan ) का लागी अधिकतम सिमा रु. ३ करोड सम्मका लागी कर्जाको अवधि अधिकतम २५ वर्ष सम्म रहनेगरी कर्जाको सेवा शुल्क मात्र ०.५० % तथा ब्याजदर औसत आधार दर ( Average Base Rate ) मा थप ०.५० % प्रतिवर्ष मात्र कायम गरिएको छ भने यस सुविधा देशभरीका ३०० वटा शाखा मार्फत उपलव्ध गराईने छ । यस योजना अन्र्तगत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत साथै घर निर्माण गर्ने प्रयोजनका लागी जग्गा खरिद गर्न चाहने ग्राहकहरूलाई सहज र सरल रुपमा वित्तीय पहुँच उपलब्ध गराईने छ ।
त्यसैगरी, बैंकले सवारी साधन कर्जा योजना (Auto Loan ) अन्तर्गत व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा सार्वजनिक गरेको छ । यस योजनामा पनि सेवा शुल्क मात्र ०.५०% तथा ब्याजदर औसत आधार दर ( Average Base Rate ) मा थप ०.५० % प्रतिवर्ष मात्र कायम गरिएको छ साथै कर्जाका लागी सम्पुर्ण कागजात पेश गरिएको दुई कार्यदिनमा नै डेलिभरी अडर्र( DO ) उपलव्ध हुनेछ । जसले ग्राहकहरूलाई आकर्षक दरमा सवारी साधन खरिद गर्ने सहज अवसर प्रदान गर्दछ ।
प्रभु बैंकले आफ्ना ग्राहकहरूलाई छिटो, सरल तथा पारदर्र्शी कर्जा प्रक्रिया, गुणस्तरीय सेवा तथा विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयासरत रहेको छ । यो योजना बैंकका सम्पूर्ण शाखामार्फत प्राप्त गर्न सकिने व्यहोरा जानकारी गराईन्छ । घर कर्जा ( home loan ) तथा सवारी साधन कर्जा ( auto loan ) योजनाबारे थप जानकारीका लागि नजिकको प्रभु बैंक शाखामा सम्पर्क गर्न वा Website: www.prabhubank.com मा visit गर्न तथा बैंकको ग्राहक सेवा केन्द्र सम्पर्क नं. ०१–५९७०४८८ मा सम्पर्क गर्न सम्पूर्ण इच्छुक ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं ।
प्रभु बैंक लिमिटेड
बबरमहल, काठमाडौं, नेपाल ।