२०८३ श्रावण २९ , शुक्रवार

सस : त्वा हस्पिटालिटी प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

prabhu

सुनाखरी न्युज/ काठमाडौं ।

किर्तीपुर नगरपालिका वाड नं ३ सागल किर्तीपुर स्थित सस स्त्वा हस्पिटालिटी प्रा . लि र प्रभु बैँक लिमिटेडबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रभु बैँकका तर्फबाट Central Business Centre  का प्रमुख लेख बहादुर पुन र किर्तीपुर शाखा प्रमुख रश्मि महर्जन र सस: त्वा हस्पिटालिटी प्रा।लि।का तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनबाट सझौतापत्रमा हस्ताक्षर गरी एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरेका हुन् ।

यो संझौतासँगै सस : त्वा हस्पिटालिटी प्रा. लि.  मा प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिए बापत बिशेश छुट पाउने छन् । सम्झौता अनुसार प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरु तथा वैध परिचयपत्र भएका ग्राहकहरुलाई खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन । सस: त्वाको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ ।

यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६५ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।