२०८३ श्रावण २९ , शुक्रवार

पत्रकार किशोर श्रेष्ठलाई भदौ १ गते सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

kishor-shrestha-1786549880
सुनाखरी न्युज/ काठमाडौं ।
पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । पत्रकार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो । साथै जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवास खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका विद्युतीय सामग्री समेत प्रहरीले जफत गरेको छ ।
सर्वोच्च अदालतले बरामद सामानसहित बन्दीलाई उपस्थित गराउन आदेश दिएको यो दोस्रो घटना हो। उनीमाथि अनुसन्धान गर्न अदालतले विहीबार तीन दिनको म्याद दिएको थियो।