
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्ला दिनहरुमा लगातार बढेको सुनचाँदीको मूल्य आज घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार २०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो ।
आज सुन तोलाको ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ७ हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ३५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७८० रुपैयाँ रहेको थियो ।