
सुनाखरी न्युज / काठमाडौं ।
साउनमा लगातार कुखुराको मासुको मूल्य उकालो लागेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज शुक्रबारदेखि लागु हुने गरी फेरि मूल्य बढाइएको हो ।
यसअघि प्रतिकिलो २ सय ३० रुपैयाँ रहेको जिउँदो कुखुराको मूल्य १० रुपैयाँले बढाएर २ सय ४० पुर्याइएको छ ।यस्तै तयारी कुखुरा मासुको मूल्य पनि बढेको छ । तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँ पुगेको संघले बताएको छ ।
यसअघि तयारी मासु प्रतिकिलो मूल्य ३ सय १५ रुपैयाँ थियो।पशुसेवा विभागले १ साउनदेखि बर्डफ्लुको संक्रमण नदेखिएको बताएको छ । बर्डफ्लु संक्रमण हटेसँगै कुखुरा मासुको मूल्य बढ्न थालेको हो ।