२०८३ श्रावण २२ , शुक्रवार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

_gold

सुनाखरी न्युज / काठमाडौं ।

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँ वृद्धि भई दुई लाख ९६ हजार ९०० कायम भएको छ ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार थियो ।चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर चार हजार ५८० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५७० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६२ र चाँदीको मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर कायम भएको छ ।