
सुनाखरी न्युज / काठमाडौं ।
कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा सहसेनानीसहित दुई सैनिक घाइते भएका छन् । गोदावरी नगरपालिका–४ स्थित वनदेवी फायरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालन गरिएको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु छन्। दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते दुवैलाई प्रारम्भिक उपचारका लागि धनगढीस्थित बोराडाँडी ल्याइएको थियो। उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिएका छन् ।