२०८३ श्रावण २० , बुधवार

लगानी बोर्डको सीइओमा याङकी उक्याव नियुक्त

yanki-ukyab1

सुनाखरी न्युज / काठमाडौं ।

लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृत ( सीईओ )  मा सरकारले अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्ड सीईओमा याङ्की उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको सीईओ नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।लगानी बोर्डको सीईओ सिफारिसका लागि अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन भएको थियो ।

दुई दर्जन बढीले लगानी बोर्ड सीईओमा आवेदन दिएका थिए । लगानी बोर्ड सीईओ नियुक्तिका लागि सिफारिस समितिले तीमध्ये ८ जनाको नाम संक्षिप्त सूचीमा राखेको थियो ।