
सुनाखरी न्युज / काठमाडौं ।
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा कादिर आलम नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । यसअघि खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न विज्ञापन आव्हान भएको थियो ।
सो विज्ञापनमा आवेदन दिएकामध्ये आलम सहित धर्मप्रसाद खनाल, प्रदीप लम्साल, बाबुराम हुमागाईँ, बिजय यादव, राजकुमार थापा र लिला जोशी गुरुवाचार्यलाई अन्तर्वार्तामा बोलाएको थियो । फार्मेसी क्षेत्र सुदृढीकरणको अपेक्षा नेपालमा फार्मेसी शिक्षाको नियमन, जनशक्तिको दर्ता, गुणस्तर नियन्त्रण तथा पेशागत मर्यादा कायम राख्ने मुख्य जिम्मेवारी फार्मेसी परिषद्को हो।
पछिल्लो समय औषधि पसलहरूको अनधिकृत सञ्चालन, नक्कली औषधिको बिक्री- वितरण र जनशक्तिको दरबन्दी एवं दर्तासम्बन्धी विभिन्न चुनौतीहरू देखिँदै आएका छन्। खुला प्रतिस्पर्धात्मक विधिबाट संस्थागत नेतृत्व चयन भएसँगै फार्मेसी शिक्षा र पेशालाई अझ पारदर्शी, व्यवस्थित र मर्यादित बनाउन नवनियुक्त अध्यक्ष आलमको कार्यकाल सफल हुने विश्वास लिइएको छ।