
सुनाखरी न्युज / काठमाडौं ।
चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा प्रिमियम लाइफ स्टाइल प्रोडक्ट्स नेपाली उपभोक्तासम्म सहज रूपमा पुर्याउने उद्देश्यसहित ईयुमा डट कम ले आगामी श्रावण २० गते, बुधबारदेखि आफ्नो औपचारिक सेवा शुभारम्भ गर्ने भएको छ। अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विभिन्न उत्पादनलाई नेपाली ग्राहकहरुका लागि एउटै डिजिटल प्लेटफर्म मार्फत उपलब्ध गराउने उद्देश्यले ईयुमा डटकम सञ्चालनमा ल्याउन लागिएको हो। प्लेटफर्म मार्फत प्रिमियम फेसन, फुटवेयर, कस्मेटिक, ब्युटी प्रोडक्ट्स, होम डेकोर तथा लाइफ स्टाइल प्रोडक्ट्स लगायतका सामग्री उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ईयुमा डट कम ले विशेषगरी चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट उत्पादन सोर्सिङ गरी नेपाली बजारमा उपलब्ध गराउनेछ। ग्राहकले अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ डिजाइन, ट्रेण्ड तथा लाइफस्टाइलका क्वालिटी प्रोडक्ट्स नेपालमै बसेर खोज्न र खरिद गर्न सक्नेछन्। ईयुमा डटकम ले उत्पादन छनोटदेखि सोर्सिङ र डेलिभरी सम्मको प्रक्रियालाई व्यवस्थित बनाउँदै ग्राहकलाई भरपर्दो शपिङ अनुभव दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ। विभिन्न अन्तर्राष्ट्रिय बजारबाट उत्पादन छनोट गर्दा क्वालिटी, डिजायन, र कस्टमर डिमाण्ड लाई प्राथमिकतामा राखिने कम्पनीको भनाइ छ।
विशेषगरी प्रिमियम लाइफ स्टाइल र मोर्डन होम डेकोर मा रुचि राख्ने ग्राहकका लागि अन्तर्राष्ट्रिय ट्रेण्डका का उत्पादनहरू नेपालमै उपलब्ध गराउने कम्पनीको योजना छ। ईयुमा डटकम को मुख्य विशेषता भनेको ग्राहकले अलग–अलग अन्तर्राष्ट्रिय बजार खोजिरहनुपर्ने अवस्थालाई कम गर्दै चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट उपलब्ध विभिन्न केटोगरी का उत्पादन एउटै प्लेटफर्मए बाट खोज्न सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ।आगामी दिनमा ग्राहकहरुको माग र बजारको ट्रेण्ड अनुसार अनुसार थप नयाँ केटोगरी तथा प्रोडक्ट्स समावेश गर्दै जाने योजना समेत कम्पनीले अघि सारेको छ।
ईयुमा डटकम ले श्रावण २० गते, बुधबार देखि आफ्नो औपचारिक सेवा सुरु गर्ने तयारी गरेको छ। कम्पनीले नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरका प्रिमियम प्रोडक्टस सहज रूपमा उपलब्ध गराउने लक्ष्यसहित नयाँ डिजिटल शपिङ अनुभव सुरु गर्न लागेको जनाएको छ। ग्लोबल प्रोडक्ट्स लाई नेपाली ग्राहकसम्म सहज रूपमा पुर्याउँदै प्रिमियम डिजिटल शपिङ अनुभव प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो, कम्पनीको भनाइ छ। www.yiwuma.com ईयुमा डट कमको वेभसाइट मार्फत ग्राहकले उपलब्ध प्रोडक्ट्स हेर्न तथा खरिद गर्न सक्नेछन्।