२०८३ श्रावण १९ , मंगलबार

सुनको मूल्य घट्यो, चाँदीमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Gold Silver

सुनाखरी न्युज / काठमाडौं ।

मंगलबार स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा २०० रुपैयाँले घट्दा चाँदी ३० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रूपैयाँ कायम भएको छ ।

सोमबार सुन प्रतितोला २ लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो ।यता, मंगलबार चाँदी प्रतितोला ४ हजार ३८० रूपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६१ . ५१ अमेरिकी डलर र चाँदी ५८. ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।