
सुनाखरी न्युज / काठमाडौं ।
अघिल्लो कारोबार दिन १२.९६ अंक बढेको सेयर बजार सोमबार १.२० अंक घटेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ अंकमा झरेको छ ।आज कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो ।
सोमबार रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड ६२ लाख ८७ हजार रूपैयाँ बढीको कारोबार भएको छ । आजको दिन नेप्सेमा एभरेष्ट कलर लिमिटेडका लगनीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयरमूल्य १४. ९९ प्रतिशतले बढेको छ । रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ७. ४० प्रतिशतले घटेको छ ।
कुल ३४९ कम्पनीको एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकिङ ०. २६, विकास बैंक ०. २३, होटल तथा पर्यटन ०. ०१, जीवन बीमा ०. ०९, माइक्रोफाइनान्स ०. ३०, निर्जीवन बीमा ०. ३० प्रतिशत बढे । जलविद्युत् समूह स्थिर अंकमा रह्यो । फाइनान्स ०. २९, लगानी ०. १०, उत्पादन तथा प्रशोधन ०. ५७, अन्य ०. ८३ तथा व्यापार ०. ३३ प्रतिशत घटे । कारोबार रकमका आधारमा जलविद्युत् समूह अगाडि रह्यो । सो समूहका कम्पनीको १ अर्ब ६० करोडको कारोबार हुँदा वाणिज्य बैंक समूहको ८१ करोड ५४ लाखको करोडको भयो ।