२०८३ श्रावण १८ , सोमवार

आफ्नै निवासबाट पक्राउ परे दुर्गा प्रसाईं

Durga Prasai

सुनाखरी न्युज  / काठमाडौं ।

राजावादी अभियन्ता तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका छन्। प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि हिरासतमा राखेको जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन, भ्रामक तथा उत्तेजक अभिव्यक्ति र अफवाह फैलाएको आरोपमा अनुसन्धान अघि बढाइएको छ।

पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न भक्तपुर ल्याइएको प्रहरीले जनाएको छ। परिस्थिति थप भड्काउने काम गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक हुन् । उनी विभिन्न आरोपमा यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका छन् ।