२०८३ श्रावण १८ , सोमवार

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

teachers-2

सुनाखरी न्युज  / काठमाडौं ।

नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । महासंघको राष्ट्रिय परिषद् बैठकले विभिन्न माग राखी आन्दोलनमा जाने निर्णय गरेको हो ।

आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्छ’, उनले भने नयाँ शिक्षा ऐन अविलम्ब जारी हुनुपर्ने र शिक्षा नियमावलीको १० औँ संशोधनका कतिपय प्रावधानप्रति महासंघले असहमति जनाएको छ ।

“नयाँ शिक्षा ऐन जारी हुनुपर्छ र दशौँ संशोधनमा समेटिएका प्रावधानहरू शिक्षक हितअनुकूल छैनन्,” महासचिव थापाले भने । महासंघले शिक्षक सरुवा प्रणाली, विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकहरूको उचित व्यवस्थापन हुनुपर्ने माग दीर्घकालदेखि अघि सार्दै आएको छ ।