
सुनाखरी न्युज/ काठमाडौँ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ बस्ने २४ वर्षीय समिर थापा रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीषक कविन्द्र सिंह बोहराले जानकारी दिए।
सामाजिक सञ्जालबाट आम नागरिकमा भ्रमण सिर्जना हुने, धार्मिक आस्थामा असर पार्ने र अनावश्यक रुपमा विवादित बनाउने गरी भ्रमपूर्ण भिडिओ सार्वजनिक गरेको कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई साउन १३ गते राति पक्राउ गरेर अनुसन्धान अघि बढाइएको बोहराले बताए ।