
सुनाखरी न्युज/ काठमाडौँ ।
सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछान् पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपास्थित कांग्रेसको मुख्यालयमा पुगेका छन् ।
सर्वदलीय बैठक सकेर सभापति लामिछाने कांग्रेस पार्टी कार्यालय पुगेर दिवंगत श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् । श्रद्धाञ्जलीपछि उनको आजै अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।
श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो । श्रद्धाञ्जलीपछि उनको आजै अन्त्येष्टि गर्ने तयारी गरिएको छ । श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो ।