२०८३ श्रावण १२ , मंगलबार

माइतीघरमा लघुवित्त पीडितको आमरण अनसन

laghubitta-13_jMhjNuba52-e1785223978524

सुनाखरी न्युज/ काठमाडौँ ।

लघुवित्त पीडितले काठमाडौँको माइतीघरमा आमरण अनशन सुरु गरेका छन्।

संघर्ष समितिले चर्को ब्याज, चक्रवृद्धि ब्याज, धितो लिलामी तथा गैरकानुनी असुलीका कारण विपन्न, किसान र मजदुरहरू मारमा परेको जनाएको छ।

यसअघि लघुवित्त पीडितको एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो । तर आजदेखि अर्को एक समूहले ‘लघुवित्त पीडितले न्याय नपाएको’ भन्दै आमरण अनशन शुरु गरेको हो ।