२०८३ श्रावण ११ , सोमवार

आत्मदाह प्रयास गरेकी धनगढीकी युवतीको काठमाडौं लैजाँदै गर्दा बाटोमै गयो ज्यान

death

  सुनाखरी न्युज/ काठमाडौँ । 

धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया ज्योति चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाउनुभएको थियो। उपचारका क्रममा चिकित्सकले उहाँको शरीरको करिब ६० प्रतिशत भाग जलेको बताउनुभएको थियो ।

अवस्था गम्भीर भएपछि उहाँलाई थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो । तर आफन्तले उहाँलाई काठमाडौँ लैजाने निर्णय गर्नुभएकाे थियाे ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार सोमबार बिहान करिब ७ बजेतिर धादिङ पुग्ने क्रममा बाटोमै चौधरीको मृत्यु भएको हो ।