२०८३ श्रावण १० , आइतवार

धनगढीमा डा. केसीका प्रतिनिधिसँग सरकारी वार्ता टोलीले थाल्यो छलफल

govinda-kc–1536×1024

सुनाखरी न्युज/ काठमाडौँ । 

बिहीबारदेखि अनसनरत डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल थालेको छ । यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगिसकेका थिए । शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेललाई डा. केसीसँग वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले धनगढी पठाइएको थियो ।

डाक्टर केसीका तर्फबाट उनका सहयोगी डाक्टर अमृत जैशी र पवन थापा सहभागी रहेका छन् । उनीहरूबीच केसीले उठाएका मागबारे संवाद भइरहेको छ । केसीका माग सम्बोधन गर्न सरकार सकारात्मक भएपनि सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति डा। सुनिल प्रसाद जोशी र रजिष्ट्रारलाई हटाउने विषयमा भने पेचिलो बनेको छ ।

सरकार पक्षले उनीहरुलाई जिम्मेवारी मुक्त गर्न सकिने प्रावधान नभएका कारण उक्त मागमा सहमती जुट्ने सम्भावना कम रहेको छ । केसीका मागबारे वार्ता गर्नुअघि उनीहरुले सेती प्रादेशिक अस्पतालको आईसीयू वार्डमै पुगेर केसीसँग भेटघाट गरेका थिए ।