२०८३ श्रावण १० , आइतवार

यस्तो छ २०८३ साउन १० गते आइतबारको राशिफल

mangalbarko-rashifal-1024×576

सुनाखरी न्युज/ काठमाडौँ ।

मेष : बिहानको समय अनुकूल छैन तर त्यसपछि भने लाभ, सम्मान, खुशी–उमंग होला ।

वृष : बिहान लाभ होला तर त्यसपछि भने स्वास्थ्य समस्या, कार्य बाधा, हानि हुन सक्छ ।

मिथुन :  समय उत्तम छ । आर्थिक लाभ, स्वास्थ्य लाभ, प्रेममा सफलता, शुभ यात्रा हुन सक्छ ।

कर्कट  :  दिन शुभ छ । काममा सफलता, धन लाभ, प्रतिस्पर्धामा विजय, पारिवारिक सुख होला ।

 

सिंह  :  बिहान स्वास्थ्य समस्या भए पनि त्यसपछि कार्य सफल, धन लाभ हुने सम्भावना छ ।

कन्या  :  बिहानको समयमा पैसा प्राप्ति, पराक्रम होला तर त्यसपछि भने दौडधूप, तनाव हुन सक्छ ।

तुला  :  दिन शुभ फलदायक छ । धन लाभ, क्षमता वृद्धि, पुरस्कार प्राप्तिको सम्भावना देखिन्छ ।

वृश्चिक  :  शुभ समय भएकाले अन्नलाभ, उपहार प्राप्ति, कूटनीतिक सफलता, सुख–सन्तोष होला ।

 

धनु  :  बिहानको समयमा धन खर्च तर त्यसपछि भने भाग्योदय, कार्य सफल नहोला भन्न सकिन्न ।

मकर  :  बिहान उत्तम भोजन तर त्यसपछिबाट चोटपटक, स्वास्थ्य समस्या हुन सक्ने देखिन्छ ।

कुम्भ  :  समय उत्तम छ । सुख–सन्तोष, कार्य सफल, सेवा वा वस्तु प्राप्ति, आर्थिक लाभ हुन सक्छ ।

मीन  :  सामान्य प्रयासले राज्यबाट लाभ, व्यापारिक फाइदा, कार्य सफल, मन प्रफुल्लित हुने देखिन्छ ।