२०८३ श्रावण १० , आइतवार

आँप बगैंचाबाट १४० किलो गाँजा बरामद

Gaja-baramad-parsa

सुनाखरी न्युज/ काठमाडौँ ।

पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ। छिपरमाई गाउँपालिका- १ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त टोलीले बरामद गरिएको हो।

लुकाएर राखेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्रको मिर्जापुरमा रहेको बीओपीको संयुक्त टोलीले बरामद गरेको हो।

खानतलासी गर्दा आँपको बगैँचामा रहेको घाँसमा लुकाएर राखेको १३ पोका गाँजा फेला परेको थियो। त्यहाँबाट व्यक्ति भने कोही पक्राउ परेका छैनन्। थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।