
सुनाखरी न्युज/ काठमाडौँ ।
सरकारले आइतबारको सार्वजनिक बिदा हटाउने तयारी भइरहेको भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीहरू निराधार रहेको स्पष्ट पारेको छ।
शिक्षा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले सातामा दुई दिन बिदाको व्यवस्था निरन्तर रहने र सरकारले तत्काल यसलाई हटाउने कुनै योजना नरहेको बताए। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा यसबारे भ्रमपूर्ण सूचना फैलिएको भन्दै सरकारले त्यसको खण्डन गरेको हो।
सरकारले तत्काल बिदा हटाउने सोचेको छैन। अन्तर्राष्ट्रिय अभ्यास पनि अधिकांश देशमा सातामा दुई दिन बिदाकै रहेको छ।” सरकारले गत चैत २२ गते सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। हाल यो व्यवस्था सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा लागू हुँदै आएको छ।